Breaking

नक्कली शरणार्थी प्रकरणले तर्सियो एमाले, ओली टोपबहादुरको बचाउमा ! अपराधमा राजनीतिक रंग


काठमाडौँ — नक्कली शरणार्थीको फाईल खुल्दा उत्पन्न तरंगको ईपिसेन्टर बनेपछि एमालेमा खैलावैला सुरु भएको छ । आफू समेत यसमा तानिने खतरा बढेपछि बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्माओलीले रायमाझि प्रक्राउ सम्बन्धमा प्रश्न उठाएका हुन ।आखिर एमाले नेताहरुको बढ्दो सक्रियताले यो प्रकरणमा प्रभाव पार्ने खतरा हुन्छ त ? नक्कली भुटानी शरणार्थी प्रकरणमा भिभिआईपीको पक्राउ पर्ने क्रम सुरु भएसंगै तरंगनै सिर्जना भएको छ । पूर्वउप्रधानमन्त्री भईसकेको तथा ठुला पार्टी कै नेतृत्वमा रहेकाहरु तानिन थालेपछि यसले धेरेको मुटु ढुकढुक बनाउन थालेको छ ।

जहाँ आफ्ना सचिव, सचिवका छोरा र उपाध्यक्षका छोरामाथि नै पक्राउ पुर्जी जारी भएपछि एमाले सवैभन्दा बढि झस्किएको छ भने अध्यक्ष ओली प्रधानमन्त्री फकाउन वालुवाटार पुगेका छन । भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्न भएको अभियोगमा पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीर उनका छोरा सन्दीप रायमाझीर एमाले उपाध्यक्ष एवम् पूर्वगृहमन्त्रीरामबहादुर थापा वादलका छोरा प्रतिक थापा पक्राउ गनुपर्ने सूचिमा परेपछि यसबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।उनीहरुलाई शंकाकै भरमा मात्र नभई प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरीले बताउनु तथा एमालेका नेता तानिनुले यसको चोट सवैभन्दा वढि उसैले भोगीरहेको छ ।

यो वीचमा तीनजनालाई पक्राउ गरेर अनुसन्धान थालेलगत्तै एक पूर्वमन्त्रीले बयानका क्रममा अन्य व्यक्तिको नाम नलिने वातावरण बनाउन सहयोगी नै खटाएका थिए । ठगीमा संलग्नहरूलाई जोगाउन भनेरसमेत गत वर्ष विभिन्न व्यक्तिहरूले पैसा उठाएको पक्राउ परेकाको भनाइ छ । तर, आफू मात्र फस्ने देखेपछि उनीहरूले पैसा उठाउनेहरूको नाम पनि प्रमाणसहित धमाधम खुलाउन थालेका छन भने केही पीडितहरूले नै अन्य उच्चपदस्थ व्यक्तिविरुद्ध पनि किटानी जाहेरी दिएका छन । जसमा तत्कालिन सरकामा रहेका एमालेका अन्य नेताहरुसमेत डामिने खतरा बढेपछि तर्सिएका ओलीले रायमाझीको बचाउ नै गरेका हुन ।

तत्कालिन समयमा ओली प्रधानमन्त्री रहेका थिए भने ३० जेठ ०७६ मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्णयअनुसार पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि कार्यदल बनेको थियो । कार्यदलको गठन र त्यसको प्रतिवेदन नै ठगीको प्रमुख आधार बनेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू दावी गर्दा यसवारेमा त्यतिवेलै आफूले थाहा पाएको अभिव्यक्ति ओलीले दिएका छन ।त्यही प्रतिवेदनमा पैसा बुझाउनेहरूको नाम थपेको विश्वासमा पारी ठगी गरिएको थियो । जसमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजित रार्ईको विशेष भूमिका थियो ।

ठगीको योजनामा सुरुदेखि नै उनको संलग्नता अनुसन्धानमा देखिएको छ  भने सरकारी कागजातमा पहुँच बनाउने तथा अप्रत्यक्ष रूपमा सिंगो गृह मन्त्रालयले नै सघाएको देखिएको छ । जसले अवको यसको लहरो छोरामात्रै नभई थापासम्म र नैतिक जिम्मेवारीका रुपमा ओलीसम्मै पुग्ने खतरा बढेको छ । फलत ः यो तानिएको हो कि तनाईएको हो भन्ने विषयमा छलफल गरिरहेको भन्दै ओलीले राजनीतिक रंग दिने संकेत गरिसकेका हुन ।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल पनि यो प्रकरणमा राजनीतिक रंग आउनसक्ने आशंका गर्छन । विगतमा ललितानिवास प्रकरणमा समेत राजनीतिक नेतृत्व जोडिन थालेपछि मुद्धा कमजोर बनाईएको उदाहरण दिदै मल्ल यसमा ठगी,सरकारी काजत किर्ते,अख्तियारीको दूरुप्रयोग तथा यसरी प्राप्त रकम कालो धनकै रुपमा छ कि कता गयो भन्ने विषय समेत जोडिने बताउँछन । जसले अझै अरु हाई प्रोफाईलसमेत तानिने सम्भावना वढि छ भने त्यतिवेला सरकारमा एमाले हुनाले कहिँकतै उनीहरुकै नेता जोडिने सम्भावना छ । फलत एमालेको झस्काईसंग मुद्धाको वाँकि कारबाहीको भविष्य जोडिने प्रष्ट छ ।

ओलीको यो सक्रियताकै विच रायमाझि पक्राउ परेर छाडिएको त हैन भन्ने गाईगुई समेत चलेको छ । यद्यपी हिजोसम्म आफ्नो सम्पर्कमा रहेको बताउने ओली समेत यस विषयमा अलमलमा देखिन्छन । यो मुद्धामा प्रचण्ड र ओलीको भेट हुनु र उनले प्रचण्ड थ्रेड नै गर्नुले कतै खोलिएको फाईल पनि नेतृत्वकै स्वार्थमा बन्द हुने त हैन भन्ने आशंका समेत उब्जिएको छ । जहाँ कतै सरकारले पनि प्रतिपक्षीलाई तह लगाउने अस्त्रका रुपमा समेत यसलाई अघि सारेको त हैन भन्ने अर्को आशंकावीच सत्यतथ्यका लागि निरन्तर खवरदारी आवश्यक छ ।