Breaking

दोषी उम्किनु हुँदैन, फसाउन खोजिए सहँदैनौँ: अध्यक्ष ओली


काठमाडौँ — आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा तानिएको हो कि तनाएको भन्ने विषयमा अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार सिंहदरबारमा भेटेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले आफूहरू दोषी उम्काउने पक्षमा नरहेको बताए ।

‘निर्दोष पर्नुहुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । ओलीले भने,‘ निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । ओलीले एउटा बहालवाला सांसद, पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेको मान्छेलाई षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने अवस्था नरहेको बताए । मैले हिजो तपाईंलाई पक्राउ पूर्जी जारी गरेको सुनेँ के हो भनेर सोधेको थिएँ’, ओलीले भने, ‘उहाँले मैले आइजीपीलाई सोधेँ त्यस्तो होइन कुरा के हो स्पष्ट परिदिनुपर्ला भनेको छ । भोलि काठमाडौं आउँदैछु भनेर भन्नुभएको थियो । अहिले पक्राउ परेको भन्ने पनि सुनेको छु, फरार छन् पनि भनेको सुन्छु के हो थाहा छैन । ओलीको भनाई छ ।