Breaking

पूर्वगृहमन्त्री रायमाझी भैरहवाबाट पक्राउ


काठमाडौँ – पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् । 

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौँ आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जनाएको छ । अहिले उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।

रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ । यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।