Breaking

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना


काठमाडौँ – आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । अन्य ठाउँमा भने यतिबेला पानी परेको देखिएको छैन । तर मौसम देशभर सामान्य बदली ९आकाशमा बादल० को अवस्थामा रहेको छ ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम महाशाखाको बुलेटिनअनुसार आज राति पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।