Breaking

ओलीको देश दौडाहको खै उपलब्धी ? ग्रासरुट अभियानकै बीच उपनिर्वाचनमा हालत खराव,पुर्व र सदूरपश्चिमा अवरोध


काठमाडौँ — पार्टीमा देखिएको गतिरोध अन्त्य र संगठनहरु चुस्तबनाउने भन्दै ग्रासरुट अभियान सुरु गरेको एमाले अवत्यसको समिक्षाको अवस्थामापुगेको छ । यद्यपीदेशैभर केन्द्रस्तरका नेताहरु परिचालित गर्ने र कार्यकर्ताको घरघर पुग्ने उसको यो अभियानले उपनिर्वाचनमै समेत प्रतिफलदिन सकेन । बरु पूर्वमा अवरोधकै सामाना गर्नु पर्ने र पार्टीभित्रका फरक आवाजलाई दवाउन नसक्ने अवस्थामा एमाले पुगेको छ ।

उपाध्यक्ष र महासचिव नै हार्दा समेत सिट संख्यामा राम्रो उपस्थिती देखाएको एमालेले फुटको असर नपरेको समेत प्रमाणित नै गर्यो । समानुपातिक मतमा पहिलो दल नै बनेको उसले कांग्रेस र माओवादी दुवैलाई गठबन्धनको लागिआह्वान नै गरेको थियो । तर गठबन्धन गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले प्रधानमन्त्री पाएपछि कांग्रेस रोजेसंगै एमाले झस्किएको थियो । फलत ः केहि समय सत्ताफिर्ताको तयारी गरेको उसले गठबन्धन नफुट्ने देखेपछि भने आफ्नै संगठन मजवुत बनाउने ग्रासरुट अभियानलाई तिव्रता दियो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट ‘मिसन ग्रासरूट’ को शुरूआत गर्दै पार्टी सुदृढीकरण तथा विस्तारका लागि गाउँगाउमा पुग्न नेता र कार्यकर्तालाई आग्रह नै गरे ।

दुई महिने अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तक्र्रिया गरेको एमालेले यससँगै पार्टीभित्रको अन्तर्विरोध बुझ्ने, स्थानीय तहको समस्या बुझ्ने र हल गरिने समेत बताएको थियो । यसका लागि सातै प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली खटाइएको थियो भने ओली आफै समेत धेरै स्थानमा सहभागी बने । तर फरक विचार राखेकालाई भित्तामै पुर्याउने ईगो राजनीति भन्दामाथि उठ्न नसक्दा सुदुरश्चिचमा आफ्नै नेताकार्यकर्ता विच भिडन्तकै अवस्था आयो ।

उपाध्यक्षविष्णु पौडेल नेताभीम रावलको गृहजिल्लाबाटलखेटिएभने उनीहरुबीचवाकयुद्ध नै छेडियो । आफूलाई पेल्ने गरि केन्द्रीय नेतृत्वअघिबढ्दा कार्यकर्ताले प्रतिकार गर्नु स्वभाविकभएको भन्दै रावलले प्रतिक्रिया दिँदा पौडेलले अछाम जाने कसैले पासपोर्ट दिनन पर्ने भन्दै जवाफ नै फर्काए । गतिरोध अन्त्यगर्ने र मन माझा माझ गर्ने भनिएको अभियानले नै यो अवस्था सिर्जना गरेपछि ग्रासरुट बारे प्रश्न नै उठ्यो भने उपनिर्वांचनले समेत यसलाई छर्लङ्ग पारि दियो । तिनै निर्वाचन क्षेत्रमा तेश्रो दलमा एमाले खुम्चिदा ग्राट रुट अभियायनले रावललाई गाली गर्ने भन्दा के गर्यो भनेर प्रश्नगर्ने समेत अहिले बढेका छन ।

जहाँ अध्यक्ष ओली भने मंगलबारको सम्बोधनमा समेत आगामी आम निर्वाचनमा एक्लै बहुम तल्याउने गरी कामगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई पुनर्ताजगी र गतिशील बनाएर आगामी निर्वाचनमा ५१ प्रत्येक वडाबाट ५१ प्रतिशत भन्दा बढि मत पाउने गरी कामगर्न पार्टी निकट संगठनहरुलाई निर्देशन दिएका हुन् ।

आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका उनले नेपालमा सोच विचार भएको र देशभक्ति भएको एमाले बाहेक अर्को पार्टी नभएकोले एमालेले आधा जनताको समर्थन प्राप्त गर्ने दावी गरे । भीम रावललाई भित्तामा पुर्याउन नसकिने वुझेकै कारण वार्ता टोली नै गठन गरेको एमाले त्यसमा पनि निष्कर्षमा पुग्न सकेको छैन । पुर्वमा ओलीले अवरोध नै भोग्दा पहिचान पक्षधरहरुले ओलीलाई निशाना नै बनाएभने ओलीपनिअव कसैको साथबाटअघिबढ्न नसकिने बुझाईमापुगेका छन । पश्चिचमा आफ्नै नेता बाधक बन्ने अनि राम्रो भनिएको क्षेत्रमा पनि अवरोध सिर्जना हुने अवस्थामा रहेको एमाले मधेशमा अहिलेको चुनावमा केहि सुधारमा देखिए पनि जोखिमै छ ।

त्यसमाथि पनि उर्लेर आएको जनमत र केन्द्रमा पनि विकल्पको राजनीतिमा देखिएको उलारको सवै भन्दा ठुलो मार आफैमा पर्ने त हैन भन्ने डरमापनिएमाले छ । अर्कातर्फ फुटले संकटमा परेको कम्युनिष्टआन्दोलनको एक धुव्र बनेको उसले अन्यघटकलाई मिलाएर अघिलाने कुरामापनि सफलता प्राप्त गर्न सकेको छैन । तर नेता गोकुल बास्कोटा भने उप निर्वाचनको नतिजालाई नै आधार मानेर ठुलो विश्लेषण आवश्यक नरहेको बताउ छन । दुईदुई चोटिभोगेको फुटको प्रभावकहिँकतै चुनावीनतिजामा देखिएको बताएको बताउने उनीग्रासरुट कुनै मौसमी कार्यक्रम नभएको बताउछन ।

फलत ः यसले तत्काल नै परिणामदिन्छभन्ने नहुने बताउने उनी नयाँ भनिएकाहरु पनि टेष्टहुनबाँकि नै रहेको बताउछन । यसको अर्थ संगठन सुदृढिकरणकै नाममा एमाले अघिबढेकै वेलाक मजोर देखिएको भाष्य सहि नभएको उनको तर्क छ ।
हुन त एमालेले आफूविरुद्ध घेराबन्दी रहेको र त्यसलाई चिर्दै अघिबढ्दा पनितत्काल परिणाम नदेखिएको बुझाईमा समेत छ । यहि वीचमा विगतमा भएभरलाई गाली गरेर उचाई प्राप्त गरेका ओली अहिले पूर्वराजालाई गालीगर्ने रणनितिमा लागेका छन । संगै सरकारका काम कारबाहीमाथि प्रश्न उठाउने र आफ्ना कार्यकर्तामा भने मन मुटाव छोडेर अघिबढ्न प्रेरणा दिने कार्यमा पनि ओलीलागि परेका छन ।

यद्यपी अहिले रास्वपालाई समेत लगेर अझ बलियो र जनता प्रेमि सरकार निर्माणमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहालको रणनिति र पाँचबर्ष नै प्रतिपक्षमा बस्नु पर्ने बाध्यताकावीच एमाले रहदा विरासतको राजनीतिमाथि नै पनि प्रश्न उठिरहेको छ । जसलाई फेक पेजको सुचनालाई नै आधार मानेर राजालाई गाली गरेकै र आफ्ना संगठन मात्रै समेटेको भरमा ग्रासरुट प्रतिफल युक्त बन्ला भन्नेमै प्रश्न छ ।