Breaking

सत्ता गठबन्धनमा समस्यै समस्या,रवि फकाउँदै ओली,प्रचण्डले हेपेको माधवको गुनासो,देउवा पर्ख र हेरमा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा मिलेर लभ परेको भन्दै आएको वर्तमान गठबन्धनमै समस्या देखिन थालेको छ ।फलत ः दुई महिने एमालेसंगको सहयात्रा सकसपूर्ण भएको भन्दै दश दललाई काध च्यापेर हिडेका उनलाई आफ्नै सहयात्रीले गठबन्धन फुट्नेसम्मको धम्की नै दिन थालेका हुन । अस्थिर संसदीय अंकगणितका कारण सत्तामा कम्फर्टेवल हुने नाममा दुई महिनामै समिकरण फेरिँदा बनेको वर्तमान गठबन्धनमा पनि समस्या देखिन थालेको छ ।

आफूलाई प्रधानमन्त्री बन्न सहयोग गरेका केपी शर्मा ओलीसंगको दुई महिनो साथ बढो सकसपूर्ण भएको भन्दै वर्तमान गठबन्धनमा सहज महसुस भएको बताउदै आएपनि गठबन्धन सकसपुर्ण अवस्थामा पुगेको हो । जसले तत्कालिन समयमा आफू प्रधानमन्त्री हुनकै लागि अस्थिरताको खेलाडि बनेको आरोप खेप्दा यो गठबन्धन एजेण्डाका आधारमा बनेको उनको दावीले पनि अव फेल खाने अवस्थामा पुग्ने सम्भावना बढाएको छ । वर्तमान ‘प्रचण्ड’ ले चार वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सत्तारुढ गठबन्धनभित्र मन्त्रालयको भागबण्डा लगभग टुङ्गिसकेको अवस्थामा समेत सरकारले पूर्णता पाउन नसक्नुलाई नै अनौठो रुपमा हेएिको छ ।अंकगणितमा दोश्रो ठुलो दल एमालेको दवाव नै खेप्न नसक्ने बुझेका प्रचण्डत्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी थपिए सकस हुने वुझेकै कारण राजनीतिक फाईदाका लागि रास्वपालाई सत्तामा ल्याउने कसरतमा छन् । तर त्यसका लागि कसले त्याग गर्ने भन्ने नै प्रष्ट नभईसको अहिलको अवस्थामा माओवादी नै घानमा परे पार्टीभित्रै पनि अर्को असन्तुष्ट जन्मिने खतरा छ । जसलेअहिले भइरहेका दलहरूलाई नै सरकारमा व्यवस्थापन गर्न यति चुनौती झेलिरहेका प्रचण्डलाई अर्को टाउको दुखाई सुरु हुने छ भने त्यसको प्रभाव गठबन्धनमा पर्ने देखिन्छ ।

अर्कातर्फ प्रचण्डको सवैभन्दा नजिकका सहयात्रीका रुपमा देखिएका नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको गुनासाका चाङ बढ्न थालेका छन । सुर्खेतमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले पीडा दिएको बताउँदै मर्माहत भएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । खासगरी कर्णालीमा आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै अध्यक्ष नेपालले माओवादीको व्यवहारप्रति आपत्ति मात्रै जनाएनन् माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । जहाँ यस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको समेत उनको भनाई थियो ।

स्वयम प्रचण्डमाथि पनि सवैभन्दा वढि सोधिने प्रश्न नै सरकारको स्थायित्वको प्रश्न बनेको छ भने त्यसको अधार गठबन्धनमा जोडिएको छ । सत्तामा जाने तयारी स्वरुप उनीसंग छलफलमा बसेको रास्वपाले समेत सवैभन्दा पहिले स्थायित्वको ग्यारेन्टि खोजेको विषयले वर्तमान राजनीतिक समिकरणको यर्थाथता प्रष्ट पारेको छ । यहि कारण हरेकजसो सार्वजनिक कार्यक्रममा गठबन्धन र सरकारको भविष्यमाथि प्रश्न नगर्न आग्रह गर्ने उनी समय समयमा देउवासंग लभ नै परेको भन्न समेत छुटाउदैनन् । अर्कोतिर सरकारमा सामेल भएको जसपा नेपाल र केही अघि सरकारबाट बाहिरिएको जनमत पार्टीबीच पछिल्लो समय राम्रो सम्बन्ध छैन ।

एउटै गठबन्धनमा रहेर पनि बारा–२ मा भएको उपनिर्वाचनमा कट्टर प्रतिस्पर्धीका रुपमा देखिएका यी दुई पार्टी आपसमा प्रतिस्पर्धीमात्र भएनन्, एकअर्काको विरुद्ध आरोप–प्रत्यारोप मै उत्रिएका थिए । यस्तो अवस्थामा जनमत पार्टीलाई प्रधानमन्त्रीले ठाँउ दिएको अवस्थामा जसपा नेपाल चिढिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ ।जहाँ यो सरकारले पाँचबर्ष कार्यकाल काम गनुपर्ने आफ्नो चाहना भएको भन्दै अस्थिरताले कसैको हित नगर्ने बताएका उपेन्द्र यादवले आफू अझ वृहत्तर समझदारीको पक्षमा रहेको बताउँछन् ।

यो विचमा एमालेले नयाँ समिकरण सहित रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खवरले समेत अर्को दवाव थप्दा देउवा पनि नेतृत्वमा जाने हुटहुटिमै छन । जसबारे सार्वजनिक अभिव्यक्ति नै दिएका उनी वर्तमान गठबन्धन बनाउन भूमिका खेलेका केहि कांग्रेस नेताहरुकै कारण अघि बढि हाल्न भने सकेका छैनन् । तर रास्वपालाई सत्तामा ल्याउदा त्याग गनुपर्ने अवस्थमा कांग्रेस आयो भने चुपचाप बस्ला त भन्ने प्रश्न समेत यसमा जोडिएको छ ।