Breaking

फुटबल स्टार मेस्सी पीएसजी क्लबबाट निलम्बित, के–के मा लाग्यो प्रतिवन्ध ?


काठमाडौँ — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २ हप्ताका लागि निलम्बन गरेको छ । क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै पीएसजीले मेस्सीलाई २ हप्ता निलम्बन गर्ने निर्णय गरेको हो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट लिग वान खेलिरहेका आफ्ना सबैभन्दा चर्चित खेलाडी लियोनल मेस्सी दुई साताका लागि निलम्बनमा परेका छन् । क्लबको अनुमति बिना एसीयाली मुलुक साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

लिग वानमा पीएसजी र लोरेन्टबीचको खेलपछि अर्जेन्टेनी कप्तान मेस्सी साउदी अरेबिया गएका थिए । त्यस खेलमा पीएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् । मेस्सीले खेल खेल्न प्रतिबन्ध लागेसँगै उनले अब टिममा बसेर अभ्यास गर्नसमेत पाउने छैनन् । मेस्सी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका कप्तान मेस्सीलाई साउदी अरेबियाबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेका बेला मेस्सी साउदी पुगेका थिए ।

यसअघि पोर्चुगल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि साउदी अरेबिया क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो । खेलाडी जीवनको अन्तिम क्षणमा पनि साउदी क्लबबाटै हुन सक्ने समेत अनुमान गरिएको थियो । यसअघि उनी ला लिगामा प्रतिस्पर्धा गर्ने क्लब बार्सिलोनाको लागि खेल्ने गरेका थिए । मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरूमध्ये एक मानिन्छन् । उनले २१ वर्षको उमेरमा नै बालोन डी ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि समेत जितेका थिए । अहिले प्रतिष्ठित बालोन डि’ओर अवार्ड सातौँ पटक उनको नाममा छ ।

पहिलो पटक आफ्नो कप्तानीमा बिश्व विजेता बनाएका मेस्सी कोपा अमेरिकासमेत उनको नाममा छ । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना समेत गरिन्छ । बार्सीलोनामा करिब १६ वर्ष बिताएका मेस्सी सन् २०२१ अगस्ट १० देखि पिएस जिमा आबद्ध भएका थिए ।