Breaking

कहाँबाट पुर्जी काट्नी जानकारी छैन: एमाले सचिव रायमाझी


काठमाडौँ — एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझीले बुधबार अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गैरभुटानीलाई अमेरिका लैजाने घटना आफूलाई थाहा नभएको र संलग्नसमेत नभएको बताए ।

बुधबार नै काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । उक्त पक्राउ पुर्जीबारे आफूलाई थाहा नभएको उल्लेख गर्दै रायमाझीले भने, भुटानी शरणार्थीका नाममा गैरभुटानीलाई अमेरिका लैजाने कुरामा मेरो संलग्नता छैन । भुटानी शरणार्थीको समस्या दीर्घकानील समाधान गर्ने कुरामा हिजो पनि थियौँ, आज पनि छौँ र भोलि पनि हुनेछौँ ।

आफू सरकारमा हुँदा भुटानी शरणार्थीलाई यहीँ रोजगारी दिने, भुटान नै लैजान कूटनीतिक पहल गर्ने र त्यो पनि सम्भव नभए तेस्रो मुलुकमा पुनस्स्थापना गर्नका लागि पहल गरिने कुरा भएको पनि उनले बताए । पक्राउ पुर्जीका बारेमा सोध्दा उनले भने, कहाँबाट पुर्जी काट्नी रु जानकारी छैन ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।