काठमाडौँ — नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने काममा जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरमणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलुका सुरक्षा सल्लाहकार पक्राउ परेका थिए । त्यही प्रकरणमा जोडिएका पाण्डेलाई काठमाडौं परिसरको टोलीले बुधबार पक्राउ गरेको हो ।
यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो । उनलाई काठमाडौं परिसरमा राखेर अनुसन्धान अघि बढाइएको छ । पाण्डे यसअघि गृहसचिवका रुपमा कार्यरत रहने क्रममा नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया