Breaking

तनहुँमा ट्रक घरमा ठोक्किँदा ११ जना घाइते


काठमाडौँ – तनहुँमा ट्रक घरमा ठोक्किँदा ११ जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना. ४ ख १९७३ नम्बरको ट्रक घरमा ठोकिँदा घरमा रहेका र घरबाहिर रहेका ११ जना घाइते भएका हुन् ।

ठक्करबाट ७ वर्षीया आयुष भुजेल, ७ वर्षीय सानुभाई भुजेल ८ वर्षीय घैँटे भुजेल, १० वर्षीय इश्वर भुजेल, १० वर्षीया जस्मि भुजेल, ११ वर्षीय आयुष भुजेल, २६ वर्षीया सवि भुजेल, ३३ वर्षीया सुनमाया भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती र ७० वर्षीय सनबहादुर भुजेल छन् ।

घाइतेमध्ये अधिकांश विद्यालय जान लागेका बालबालिका छन् । उनीहरू विद्यालय जान बस कुरिरहेका बेला ट्रक घरमा ठोक्किँदा घाइते भएका हुन् ।