Breaking

दार्चुला हिमपहिरो : ७ जनाको उद्धार, पाँच अझै बेपत्ता


काठमाडौँ – दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका १२ जनामध्ये सात जनालाई प्रहरीले उद्धार गरेको छ । पाँच जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो । मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो ।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दिए । प्रहरीका अनुसार टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाँदै आएका थिए ।

केही दिनदेखि छाङरू र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ । अनुसार त्यहाँ अहिले करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ ।