समाचार

दार्चुलामा यार्सा खोज्न गएका ९ जनालाई हिमपहिरोले पुरेको आशंका


काठमाडौँ – दार्चुलामा दूर्लभ जडीबुटी यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा परेको आशंका गरिएको छ ।

मंगलबार दिउँसो पौने ३ बजेको समयमा दार्चुलाको ब्याँस गाउँपालिका(१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब ९ जना स्थानीयबासी त्रिपालमा बसिरहेको अवस्थामा हिम पहिरोले पुरिएको खबर आएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्रिपालमुनि बसिरहेका बेला उनीहरु हिमपहिरोमा परेको आशंकासहितको खबर आएपछि अहिले सशस्त्र प्रहरी बलको टोली त्यसतर्फ गएको छ । सशस्त्र प्रहरी बल हलचोकका अनुसार ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा ३० जनाको टोली उक्त इलाकातर्फ गएको छ ।