Breaking

नारायणकाजीबाट खोसेर रविलाई गृह,प्रचण्डमाथि काँग्रेसको अड्को, माओवादीभित्रै मत बाँझियो


बाठमाडौँ — सरकारमा सहभागि बनाउने विषयमा प्रधानमन्त्री तयार भएको भन्दैरास्वपा आशावादी बन्न थालेको छ । तर माओवादीले गृह त्यागेर रास्वपालाई दिने विषय सहज छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगपुराना भ्रष्टाचारका फाइल खोल्ने शर्तमा सरकारमा सहभागिता खोजेपनि रास्वपाले गृहमन्त्रालयमा पहिलो नजर गाडेको छ । विगतमा गृहकै नेतृत्व गरेका कारण यसका सभापति रवि लामिछाने फेरि गृहमन्त्री भएरै सरकारमा जान खोजिरहेका छन् ।

आइतबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेपछि केन्दीय समिति बैठक बसाएका रविले सरकारप्रति नरमभाव प्रकट गरे । जबकि बैशाख १० को उपनिर्वाचन जिते लगत्तै रविले समर्थन फिर्ताको धम्की दिएका थिए ।जसबाट झस्किएका प्रचण्ड रास्वपालाई सरकारमा सहभागि गराउन तयार छन् । तर नारायणकाजी श्रेष्ठबाट खोसेर रविलाई गृहको नेतृत्व दिने विषय सोचेभन्दा बढी जटिल छ ।

पुस १० को बालकोट गठबन्धनबाट गृह रविको हातमा परेपछि माओवादी भड्किएर गठबन्धन भाँड्ने तहमा पुगेको थियो । चाहेको मन्त्रालय नपाएपछि नारायणकाजी श्रेष्ठ दुई दिन बिरामी नै परेका थिए ।अहिले उनी काजीबाट खोसेर रविलाई गृहको नेतृत्व दिन सहज छैन ।

काँग्रेसले समेत रविलाई सरकारमा सहभागि गराउने विषयमा प्रधानमन्त्रीलाई आवश्यक साथ दिएको छैन । माओवादीकै भागमा परेको मन्त्रालय दिए आफुलाई आपत्ति नहुने तर काँग्रेसको भागबाट रविको व्यवस्थापन नहुने उसको स्पष्ट अडान छ । तथापी रविको समर्थन फिर्ता र सरकार ढल्ने सम्भावित जोखिमले प्रचण्ड जुनसुकै हालतमा रास्वपालाई सरकारमा भित्र्याउने तयारी गरिरहेका छन् ।तर माओवादीभित्रैरविलाई गृह दिने विषयमा एकमत बनेको छैन ।

तर रास्वपा भने गृहसहित साविककै मन्त्रालय पाउनेमा आशावादी बन्दै गएको छ ।प्रधानमन्त्रीबाट गृह दिन तयार रहेको र नीति तथा कार्यक्रमसमेत पुनर्लेखन हुने वचन आएको भन्दै रास्वपाका महामन्त्रीले सरकारमा जाने संकेत गरेका छन् । फलतः समर्थन फिर्ताका लागि भन्दै बोलाएको केन्द्रीय समिति र संसदीय दलको बैठकबाट प्रधानमन्त्रीलाई शुक्रबारसम्मको समय दिएररास्वपाले पर्ख र हेरको नीति लिएको छ ।