काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको निधन भएको छ । छतबाट खसेर गम्भीर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले जानकारी दिइन् । आज दिउँसो १ बजेर ३५ मिनेटमा उहाँलाई चिकित्सकहरूले मृत घोषित गर्नुभएको हो’, पोखरेलले थाहाखबरसँग भनिन्, हामीले आफन्तलाई शव बुझाइसकेका छौं ।
थापा चितवनस्थित लामिछानेको घरको तेस्रो तलाबाट वैशाख ४ गते विहान खसेका थिए । ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वैशाख ५ गते सेनाको हेलिकप्टरबाट मेडिसिटी ल्याएर भर्ना गरिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।


प्रतिक्रिया