काठमाडौँ — रुसले तीन दिनमा युक्रेनमा दोस्रो आक्रमण गरेको छ । रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण जारी राखेको र तीन दिनभित्र दोस्रो पटक आक्रमण गरेको हो । उक्त आक्रमणका कारण खेरसन क्षेत्रमा एक जनाको ज्यान गयो भने निप्रोपेट्रोभस्कमा तीन बालबालिकासहित २५ जना घाइते भए । रुस र युक्रेनबीच जारी युद्ध अझै लामो समयसम्म चल्ने सम्भावना बलियो बन्दै गएको छ । यो युद्धमा रुसले आफ्नो जितलाई जति सहज देखेको थियो, यथार्थमा यो अत्यन्त कठिन एवं भयावह हुँदै गएको छ । रुसले सुरु गरेको यो युद्ध प्रारम्भमा आक्रामक अवस्थामा थियो भने अहिले आएर यो रक्षात्मक अवस्थामा परिणत हुँदै गएको छ । छोटो समयमै यो युद्ध रुसको विजयसँगै समाप्त हुने अनुमान थियो ।
तर रुस केही पछि हटनु परेको र युक्रेनले प्रतिरोध गरेको जस्ता घटनाहरू पनि देखिएको छ । रुस युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय बनेको छ । पछिल्लो समय रुसले युक्रेनमा तीव्र आक्रमण गरेको छ । रुसले तीन दिनमा युक्रेनमा दोस्रो आक्रमण गरेको छ । रुसले युक्रेनमा क्षेप्यास्त्र आक्रमण जारी राखेको र तीन दिनभित्र दोस्रो पटक आक्रमण गरेको हो । उक्त आक्रमणका कारण खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने निप्रोपेट्रोभस्कमा तीन बालबालिकासहित २५ जना घाइते भएका छन् । युक्रेनको सुरक्षा बलले देशको वायु रक्षा बलले १८ मध्ये १५ वटा मिसाइल असफल पारेको छ ।
डिनिप्रो नजिकैको पाभलोहराद सहरलाई पनि निशाना बनाइएको छ । आक्रमणबाट १९ वटा अग्ला भवन अपार्टमेन्ट ब्लक्स २५ निजी घर ६ स्कुल र किन्डरगार्डेन तथा पाँच वटा पसलमा क्षति पुगेको छ । पाभलोहराद युक्रेनको नियन्त्रणमा रहेको क्षेत्र हो । यो युद्ध मोर्चाबाट ११० किलोमिटर टाढा छ । खेरसन क्षेत्र अझै पनि आंशिक रूपमा रुसको नियन्त्रणमा छ । युक्रेनले रुसी सेनाविरुद्ध पश्चिमा हतियार र सैन्य उपकरणको सहयोगमा लामो समयदेखि प्रतिक्षित आक्रमणको योजना पूरा गरिरहेकोे छ ।
रूसले युक्रेनी धक्काको लागि पनि तयारी गरिरहेको छ र कब्जा गरिएको क्षेत्रमा आफ्नो स्थिति बलियो बनाउदै गएको छ । २३ फेब्रुअरी २०२२ को राति रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए । त्यसको केही घण्टापछि २४ फेब्रुअरीको बिहानै युक्रेनको राजधानी कीभ र वरपरका सहरहरूमा हवाई आक्रमण सुरु भएको थियो । रुस युक्रेन दुबै देशले हजारौं नगरिक र सुरक्षकर्मीको ज्यान गुमाएको छ । विश्वमा यस युद्धको सबैभन्दा ठूलो असर खाद्य संकटको रूपमा देखिएको छ । रूस र युक्रेन दुवै गहुँको प्रमुख उत्पादक र निर्यातकर्ता हुन् । युद्धले खाद्य संकट मात्रै होइन ऊर्जा उत्पादनमा पनि उत्तिकै असर पर्ने जानकारहरु बताउँछन् ।
प्रतिक्रिया