Breaking

रविले दिए प्रचण्डलाई दुई दिनको समय,रास्वपा सत्तामा जाला ? विश्वासको मत फिर्ता लिए के हुन्छ ?


काठमाडौँ — भर्खरै सम्पन्न उपनिर्वाचनबाट शक्ति बढाएर संसद भवन छिरेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुन उपयुक्त बहाना खोजिरहेको छ । रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आवश्यक गृहकार्य सुरु गरेका छन् । रविलाई सरकारमा सहभागि गराए जनभावना सम्बोधन भएको सन्देश जाने प्रचण्डलाई लागेको छ भने गृहसहित ४ मन्त्रालय पाए सरकारमा सहभागी हुन सक्ने रास्वपाको संकेत छ । सत्ता साझेदार दलहरुबीच नै मन्त्रालय भागबण्डामा कुरा मिल्न नसकेको समयमा रविको पुनः सत्ता सहकार्य कत्ति सम्भव ?

आफ्नै रेकर्ड ब्रेक गर्दै चितवन–२ बाट उपचुनावमा भारी मतान्तरले विजयी भएका रवि लामिछाने सत्ता साझेदार बन्लान् या सरकारलाई दिएको समर्थन नै फिर्ता गर्लान् ? भन्ने विषय चर्चाको केन्द्रमा छ । अंगणितिय रुपमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरे पनि सरकार ढल्ने स्थिती नभएपनि स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल भने रास्वपालाई सरकारमा सहभागी गराउने कसरतमा सकिए भएका छन् ।

उपनिर्वाचनमा उक्त दलले प्राप्त गरेको मतलाई पुराना दलको चुनौतीको संज्ञा दिँदा प्रचण्डभने त्यसलाई समेत लिएर अघि बढे आफ्नो हित हुने बुझेर रवि मोह देखाइरहेका छन् । यहि कारण आफूलाई सरकारबाट अफर आउने बुझेका रविले मतगणना सकिएलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्दै तरंग पैदा गरिदिएका थिए । सो समयमा सरकारलाई दिएको समर्थनको निरन्तरताको औचित्य नदेखिएको प्रतिक्रिया दिएका उनले अहिले यसबारे पार्टीमा छलफल गरिसकेका छन् । यद्यपी हिजोका दिनमा के कारण सरकारमा गएको र किन मन्त्री फिर्ता लिएर पनि समर्थन कायम राखेको तथा अहिले समर्थन पनि फिर्ता लिने अवस्था आएको भन्ने प्रश्न उठ्ने बुझेका उनले यहि प्रश्नबाट बच्न यस्तो कुटनितिक उत्तर दिएका थिए ।

त्यस्तै आफूले छाडे सरकार र समिकरण परिवर्तनको खेल हुनसक्ने र त्यसले उत्पन्न अस्थिरताको अपजस पनि आफैंले लिनुपर्ने विषयप्रति रवि अनविज्ञ छैनन् । यो वुझेका प्रचण्डले केही दिनअघि मात्रै रविलाई वालुवाटारमै भेटेर सरकारमा आउन आग्रह गरे । भेटवार्तामासम्मानजनक शक्ति बाँडफाँटसहित सरकारमा फर्किन प्रचण्डले प्रस्ताव गरेका थिए भने लामिछानेले सरकारको नयाँ नीति तथा कार्यक्रममा ‘भ्रष्टाचारीको फाइल खोल्ने’ बुँदा राखिनुपर्ने सर्त अघि सारे ।

लामिछानेले रास्वपाले यसअघि पाएका पुरानो मन्त्रालय पाउने सम्भावनाबारे पनि प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेका उनले सरकारको स्थायित्वको ग्यारेन्टी समेत खोजेका थिए । यो संकेतबाट रविको ईच्छा वार्गेनिङ रहेको बुझेका प्रचण्डले त्यसको पनि जवाफ दिएका छन । फलत ः चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार पाँचबर्ष नै टिक्ने र जस्तोसुकै भ्रष्टचारको फायल खोल्न आफू तयार रहेको भन्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरे ।

तत्काल निर्णय गरे दवाव नपर्ने बुझेकै कारण प्रचण्डलाई भेटेर रविले एक दिनपछि पार्टीको संसदीय दलको वैठक राखे । तर प्रचण्डले अर्को अश्त्र हानेपछि यो वैठकलाई समेत शुक्रबारलाई सारेको रास्वपाले गृहमन्त्री पाए सरकारमा जाने संकेत गरेको छ । जसका लागि प्रधानमन्त्रीले समेत बचन दिएको उनीहरुको दावीकावीच त्यसको सम्भावना भने न्युन छ । जसले सुरुमा गृह नपाएकै कारण असन्तुष्ट बनेका नारायणकाजी श्रेष्ठको व्यवस्थापन चुनौती बन्दा रवि पनि छोडिएको मन्त्रालय लिएर सरकारमा जान सक्ने अवस्थामा छैनन् । आफ्नो पद गएकै कारण बाँकिलाई समेत सरकार बाहिर ल्याएका उनले अरुको व्यवस्थापनकै लागि सत्तामा जाने सम्भावना कम छ भने त्याग समेत माओवादी ले गर्नुपर्ने अवस्था छ ।

जसले राष्ट्रपतिदेखि सभामुखसम्म अरुलाई पोसेर प्रधानमन्त्रीबाट हात पारेको भन्दै असन्तुष्ट माओवादी भित्रको असन्तुष्टि अझ बढ्ने देखिन्छ । यद्यपी विश्वासको मत नै फिर्ता लिदासमेत खासै प्रभाव नपर्ने अवस्थामा रास्वपा पनि अव प्रतिपक्षमै बस्ने अवस्थामा छैन । यहि दोहोरो रस्साकस्सीले कसले कसलाई गलाउँछ भन्ने अहिले नै प्रष्ट नहुदाँ रास्वपाले पनि पुरानै मन्त्रालय पाए जानसक्ने च्याखे थापिराखेको छ ।

एक त भ्रष्ट्रचारको मुद्धामै धरमर गर्ने प्रधानमन्त्री बाध्यतावश मात्र यसका लागि तयार हुदाँ उनकै विश्वासमा कसरी सत्तामा जाने भन्ने नैतिक प्रश्नमा रास्वपा छ । फलत अड्को थाप्ने र राम्रै भाग पाए फाल हान्ने रणनीतिमा रास्वपा अघि बढ्दा प्रचण्ड पनि आफ्नै कारण रवि सत्ताबाहिर नपुगेको भाष्य निर्माणमा लागि परेका छन । रविले सत्तामा जान बाधा भएको भ्रष्टचारको फाईल खोल्ने विषयमा आफू सहयोग गर्न तयार रहेको भनाई तथा रविलाई सत्तामा ल्याउन आफै लागि परेको उनको पछिल्लो कदमसमेत यसैको उपज हो ।

जसले क्रमश रास्वपाको वार्गेनिङ पदका लागि हो भन्ने खुल्दै जाने आशामा प्रचण्ड रहदाँ रास्वपा प्रतिपक्षमै बस्नुपर्ने पक्षमा बढेको मत भने उसको लागि फाईदाको विषय बनेको छ । फलत ः सत्ताका लागि जारी यो चोर पुलिसको खेल कहाँ गएर सकिन्छ त्यो हेर्न केहि दिन कुर्नै पर्ने हुन्छ ।