Breaking

प्रहरीले लेख्यो एमाले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको पत्र


नेपाल प्रहरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संसद सचिवालयमा पठाएको छ । प्रहरीले दोस्रो पटक सांसद कोइरी हत्या आरोपी रहेको र निज फरार रहेकाले पक्राउमा सहयोगका लागि पत्र लेखेको हो । सभामुखलाई सम्बोधन गरेर पत्र आएको छु, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, पत्रको व्यहोरो अघिल्लो पटक पठाएको पत्रसँग मिल्दो छ ।

गत चैत १९ गते पारित भएको प्रतिनिधि सभाको नियमावलीको नियम २४८ को उपनियम ३ मा अदालतको आदेशबमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ भन्ने व्यवस्था छ। नियमावलीको यो व्यवस्था अनुसार अब सांसद कोइरी निलम्बनमा पर्नेछन्।