Breaking

रास्वपाले सरकारमा जाने कि नजाने शुक्रबार निर्णय लिने


काठमााडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ आफ्ना धारणा राखेका थिए । महामन्त्री डा.मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए।