काठमाडौँ — एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपालले यूएईको ५ विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले १३.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाउँदै ५१ रन जोडेको छ ।
सन्दीप लामिछानेले रोहन मुस्तफालाई कुशल मल्लको हातबाट क्याचआउट गराएका हुन् । यसअघि घरेलु टोलीका करण केसीले दुई तथा सोमपाल कामी र ललित राजवंंशीले एकरएक विकेट लिए ।
सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।


प्रतिक्रिया