Breaking

सिक्रीका लागि निरूको हत्या, चिच्याएपछि चक्कू प्रहार (भिडियोसहित)

झोलाले पत्ता लगायो अपराधी


काठमाडौँ – काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

उनको नाम हो झापाका विनोद विश्वकर्मा । काडमाडौँको कपनस्थित सरस्वतिनगरमा भाँडा पसल गर्ने व्यवसायी निरु पाण्डे को हत्या आरोपमा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । निराको दिनदहाडै आफ्नै पसलमा शरिरैभरी चक्कू प्रहार गरि छिया छिया बनाई हत्या भएको थियो ।हेर्दा निक्कै खाइलाग्दो देखिने यीनी प्रहरीका अनुसार झापामा बाउनसरको काम गर्थे ।

घटनाको एक हप्ताजति अगाडि काठमाडौँ आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए । घटनाको दिन उनी लोकन्थलीबाट विहान सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

एसएसपी आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किए । बाटोमा भाग्दै गर्दाको उनको दृश्य सिसि क्यामेरामा कैद भएको छ । पसलबाट निस्किएको करिव १५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ । प्रहरीको अनुसार उनको साथमा कुनै हतियार थिएन । तथापी हत्याका लागि उनले पसलमै रहेको चक्कू प्रयोग गरेको आरोपी विनोदले प्रहरीलार्य प्रारम्भीक बयान दिएका छन् ।

हत्या पछि त्यहीँ पसल भित्र कपडा फेरेर टेम्पु चढेर उनी मनोहरा फाँटमा पुगेका थिए । विश्वकर्माले निरुले लगाएको करिब एक तोलाको सिक्रीका साथै पसलको ड्रयरबाट १२ सय रुपैयाँ लुटेका छन् थिए। हत्याका समाचार सर्वत्र मिडियामा आएपछि डराएका उनले भोलीपल्ट लुटेको ९९ लालको सुनको सिक्री बालाजुमा लगेर सुन पसलमा बेचेका थिए ।

त्यसवापत उनले राखेर ५५ हजार रुपैयाँ पाएका थिए । आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको विश्वकर्माले बयान दिएका छन् । उनको घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसंग पनि संवन्धमा रहेको बुझिएको छ । प्रहरीको हालसम्मको अनुसन्धानमा देखिए अनुसार हत्या भएकी निराको परिवारसंग विनोद विश्वकर्माको कुनै चिनजान वा सम्वन्ध देखिएको छैन । त्यसकारण हत्याको कारण लुटपाट बाहेक अर्काे हुन नसक्ने प्रहरीले तत्कालका लागि निष्कर्ष निकालेको छ । निराको बैशाख ७ गते हत्या भएको थियो । उनी डिभी परेर केही दिनमै अमेरिका उड्ने तयारीमा थिइन् ।