काठमाडोँ – ्चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको उल्लेख गरिएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई हिजो पक्राउ गरेको थियो । उनलाई आज प्रहरीले सार्वजनिक गरेको छ । निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको ११–१२ हजार रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।
Breaking
प्रतिक्रिया