Breaking

पानीको हाहाकार भएपछि चन्द्रागिरि नगरपालिकाका स्थानीयहरु रित्तो गाग्रीसहित प्रर्दशनमा


काठमाडौँ – चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् ।

उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।

नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको बताए ।