Breaking

उपेन्द्रलाई कलैयाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट र २ सय किलोको माला लगाएर गरे सम्मान


काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि जसपा अध्यक्ष यादवलाई चाँदीको मुकुट र दुई सय किलोको फूलको माला लगाएर सम्मान गरिएको हो ।

जसपाका कार्यकर्ताहरूले अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर सार्वजनिक गरेका छन् । कलैयामा जसपाबाट जितेका जनप्रतिनिधिहरूले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले चुनाव जितेपछि बारामा हात्तीसहितको जुलुस निकालिएको थियो । हात्तीमा मधेशका मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव चढेका थिए ।

विजयी जुलुसमा हात्ती सहभागी गराएपछि सामाजिक सञ्जालमा मधेशका मुख्यमन्त्री, मन्त्री र जसपाका नेताहरू राजामहाराजा बन्न खोजेको टिप्पणी भइरहेको बेला अध्यक्ष यादवलाई चाँदीको मुकुटबाट सम्मान गरिएको तस्बिर सार्वजनिक भएको छ ।