Breaking

रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले संसदीय दलको बैठक बोलाएको छ ।

उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेरनलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।