Breaking

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौँ – बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आइतबार बिहान भएको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा झापाको सुरुङ्गा(४ का ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको मरिण गाउँपालिका ३ ठेगाना भई हाल काठमाडौँ गौरीघाटकी ३८ वर्षीय सहारा पर्साईंको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको आकलन छ ।