Breaking

नेपाल बार एशोसिएशनले आइतबारबाट विरोध प्रदर्शन गर्ने


काठमाडौँ – नेपाल बार एशोसिएशनले आइतबारबाट विरोध प्रदर्शन गर्दैछ । विरोध कार्यक्रम आइतबारबाट एक हप्तासम्म सञ्चालन गर्ने बारले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर बारले आन्दोलन गर्न लागेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बारले प्रधानन्यायाधीश तत्काल नियुक्ति गर्न ध्यानाकर्षण गराएको थियो । यद्यपी संवैधानिक परिषद्को बैठकबाट निस्कर्ष निस्किन नसक्दा अझै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।