Breaking

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ ।

रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ । बैठकमा समसामयिक एजेण्डामा छलफल हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।