Breaking

सुडानको स्थिति लिबिया र सिरियाको जस्तो हुन सक्ने


काठमाडौँ – सत्ता संघर्ष चुलिएको अफ्रिकी मुलुक सुडानको स्थिति लिबिया र सिरियाको जस्तो हुन सक्ने जनाइएको छ ।

सुडानका पूर्वप्रधानमन्त्री अब्दल्ला हाम्डोकले सुडानमा लडाई लम्बिए विश्वका लागि दुर्भाग्य हुने चेतावनी समेत दिनुभएको हो । सुडानी सेनाले ७२ घण्टे युद्ध बिरामकाबीच आक्रमण जारी राखेको बताउँदै उहाँले यसले भयावह स्थिति निम्तिने चेतावनी दिनुभयो ।

सन् २०१९ देखि २०२२ सम्म सुडानका प्रधानमन्त्री बन्नु भएका हाम्डोकले देशमा जारी संघर्ष सिरिया र लिबिया भन्दा कम नभएको भन्दै हजारौं मानिसहरूको मृत्यु हुने आशंका ब्यक्त गर्नुभएको छ । राष्ट्र संघका अनुसार युद्धरत सुडानी सेना र अर्धसैनिक बल ‘र्यापिड सपोर्ट फोर्सेस ७२ घण्टे युद्ध बिराम गर्न सहमत भए पनि दुवैतर्फबाट आक्रमण जारी रहेको छ ।

दुई हप्ता यताको युद्धमा ४ सय बढी मानिसहरूको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । संघर्ष चर्किएपछि पश्चिमा देशहरु, अरब र एशियाली राष्ट्रहरुले सुडानमा रहेका आफ्ना नागरिकको उद्धार गरेका छन् ।

हजारौं सुडानी नागरिकहरु भागेर छिमेकी मुलुक इजिप्ट प्रवेश गरेका छन् ।