Breaking

चुनावको चुनौति ‘गठबन्धन‘ , जोडिएन्न जनता, गठबन्धनवारे सोच्नुपर्ने माओवादी–कांग्रेस नेताको जोड


काठमाडौँ — राजनीतिक तालमेल सत्तारोहणको विकल्प विहिन अस्त्र बनेको छ । सहज सत्ता र शक्ति आर्जनका लागि दलहरुले चुनावी गठबन्धनको संस्कार नै बसालेका छन । सत्तायात्राकै लागि शीर्ष नेतृत्व गठबन्धन संस्कारको अभ्यासमा रमाए पनि उप निर्वाचनपछि भने चुनावी गठबन्धनका सवालमा दलहरु झस्किएका छन । संविधानत मिश्रित निर्वाचन प्रणाली र समानुपातिक मतका कारण एक दलले बहुमत प्राप्त गर्न त्यति सहज छैन । बहुमतको अभावमा दुई वा दुई भन्दा बढी दल विना सरकार निर्माण असम्भव छ । सत्ताका लागि दलहरु मिल्नुको अर्थात गठबन्धन गर्नुको विकल्प छैन ।

उदाहरण मंसिर चारको चुनावी मतपरिणामले गठबन्धन अनिवार्य शर्तको रुपमा विकास भईरहेको छ । तर सत्ता र शक्तिको स्वाद सत्ता गठबन्धनका लागि जति स्वादिलो बनेको छ चुनावका बेला आउने मत परिणामको स्वाद त्यो भन्दा तितो सिद्ध हुँदै आएको छ । गठबन्धन गरे पनि स्थानीय तह, आम निर्वाचनमा समेत एकले अर्कालाई मत नदिएको मत ट्रान्फर नभएको, गठबन्धनभित्र धोका–गद्धारी भएको आरोप सहित असन्तुष्ट नेताहरु उप निर्वाचन पछि थप अत्तालिएका छन ।

उप–निर्वाचनको नतिजाले चुनावी गठबन्धनवारे सोच्न बाध्य गराएको छ । आफ्नो सबै शक्ति खर्चेर,पार्टीका प्रभावशाली नेताहरु चुनावी कमान्डर बनाए पनि, गठबन्धनका शीर्षस्थ नेताहरु नै चुनाव जिताउन लागे पनि उप–निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारले वेहोरेको हारले गठबन्धन गरे चुनाव जितिन्छ भन्ने भ्रम समेत उप–निर्वाचनले तोडि दिएको छ । नेतृत्वले उम्मेदवार स्वीकार गरे पनि तनहुँ र चितवनमा प्रचण्ड देउवा नै उत्रिदा पनि कार्यकर्ताले भोट खसाएन्न ।

गठबन्धन गरेर चुनाव लड्दा झन समस्या हुने गरेको गठबन्धनकै नेताहरुको अनुभव छ । बारामा जसपा अध्यक्ष उपेन्द यादवलाई चुनाव जिताउन सत्ता गठबन्धन नै लागे पनि बालबाल चुनाव जिते । भर्खरै उदाएका जनमतका शिवचन्द्र कुशवाहा उपेन्द्रका लागि भारी प¥यो । अर्थात उप–निर्वाचनसम्मको मत परिणाम विश्लेषण गर्दा गठबन्धन चुनावी गठबन्धन जनताले रुचाएन्न । लोकतान्त्रिक पद्धतिमा चुनावी गठबन्धन नै अस्वभाविक, अलोकतान्त्रिक मानिन्छ ।

तर पनि सत्ता टिकाउन चुनावी तालमेल र गठबन्धन गरेका दलहरुका लागि स्थानीय तह निर्वाचन, मंसिर चारको आम चुनाव र वैशाख १० को उप निर्वाच र निर्वाचन मतपरिणामले गठबन्धन गर्दैमा चुनाव जितिन्छ भन्ने भ्रमलाई तोडिदिएको छ । अर्कोतर्फ भावी चुनावहरुमा दलहरु के गर्लान् भन्ने चासो पनि उजागर गरेको छ ।