Breaking

संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य


काठमाडौँ – संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार मध्यरातिदेखि अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो ।

कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०८०/०१र१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राति १२ः०० बजेदेखि अन्त्य गरेको छु ।’

राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।

जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।

गत मंसिर १० गते सम्पन्न आमनिर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो हिउँदे अधिवेशन कानुन निर्माणको दृष्ट्रिकोणले प्रभावहिन बन्न पुगेको छ । हिउँदे अधिवेशनमा सरकारले ३ वटा विधेयक दर्ता गरेपनि एउटा विधेयक पनि पारित हुन सकेन ।