Breaking

ओलीलाई अवरोध गरेपछि एमाले नेताहरुको आक्रोश, सडक र सदनबाटै सरकारको विरोध, प्रचण्ड र माधवलाई गाली


काठमाडौँ — कोशी प्रदेश नामाकरणप्रति सन्तुष्ट पहिचानवादीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने तथा बाटो अवरोध गरेको विषय सडक र सदनमै उठेको छ । एमालेले यसलाई देशकै सुरक्षा व्यवस्थासंग जोडेर हेर्दा ओलीले यसलाई भडुवा नीतिको संज्ञा नै दिएका छन । जुन घटनालाई एमालेले सत्ता गठबन्धनका कार्यकर्ता र पुर्वराजासम्मलाई जोड्न भ्याएको छ । विभिन्न कार्यक्रमका लागि पुर्वमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर पहिचानवादीहरुको निशानामा परेका छन । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न आफ्नो जन्मथलो आठराई तेह्रथुम पुगेका ओलीलाई पहिचानवादी समूहले कालो झण्डा देखाएको हो ।

लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर गएका ओलीले शुक्रबार आठराई–५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी समूहको नाराबाजी र कालो झण्डाको सामना गर्नुपर्यो । नाम परिर्वतन गर्न दवाव दिन जारी आन्दोलनका क्रममा नेताहरुको प्रतिकार गर्दै आएका उनीहरुले वुधबार झापामा पनि ओलीलाई कालो झण्डा देखाए । भद्रपुर विमानस्थलबाट कार्यक्रम स्थल बुधबारेसम्म जाने क्रममा कार्यक्रम स्थलमा पुग्नैलाग्दा कालो झण्डा देखाएपछि एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरिले एमाले नेतृत्व कार्यक्रममा जाँदा ढुंगामुढा गर्ने कोसिस भएको भन्दै त्यसमा सत्तापक्षकै कार्यकर्ता घूसपैठ गरिएको आरोप लगाए । शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको गिरीको भनाइवीच ओलीले यसमा पुर्व राजाका परिवारसम्मलाई जोडेर धेरै फुरफुर नगर्न चेतावनी नै दिए ।

त्यस्तै यो पहिचानको मुद्धा नभई भडुवा राजनीति भएको संज्ञा दिएका उनले माओवादीले पहिलो जातका राज्य बाँड्दा अहिले समस्या आएको भन्दै उनले अहिले आफ्नै कार्यकर्ता सम्हाल्न नसकेको टिप्पणी नै गरेका छन । पहिचानवादीको यो प्रतिरोधलाई एमालेले राष्ट्रिय सुरक्षाको अवस्थासंगै जोडेर प्रस्तुत गरिरहेको छ । ओलीमाथिको अवरोधलाई लिएर एमाले नेता राजन भट्टराई लगायतले गृहमन्त्रीलाई भेटेर सुरक्षा दिन माग गर्दा एमाले सांसद विष्णु पौडेलले आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

झापा घटना सम्बन्धमा गृहमन्त्रीलाई जानकारी रहेको उनले दाबी गरेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले हत्या गर्ने नै उद्देश्यले ओलीमाथि आक्रमण प्रयास गरिएको आरोप लगाए । कोशी नामकरण त्यहाँको प्रदेश सभाको कुरा भएको तथा ओली एमालेको अध्यक्ष मात्र नभई दुई–दुईपटकको प्रधानमन्त्री भएको बताँउदै उनले पनि प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताए । कोशी प्रदेश नामकरणवारे असन्तुष्टि जनाँउदै आएका पहिचानवादीहरु अहिले निर्णायक आन्दोलनमा छन । लाजेहाङ लिम्बुको सहादतपछि अझ उग्र बनेका उनीहरुले यसअघि प्रदेशका मुख्यमन्त्री र प्रदेशस्तरका नेताहरुलाई पनि अवरोध गर्ने तथा कोशी लेखेको मेटाउने कार्य गरिहेका छन ।

आफूले शान्तीपूर्ण प्रदर्शन गर्न पाउने र कालो झण्डा देखाउने यसै अन्तर्गत पर्ने जसरी उनीहरु प्रस्तुत हुदाँ एमाले भने यसमा पनि सत्तारुढ दलकै कार्यकर्ताको दोष देखिरहेको छ । एमालेको यो आक्रोशका वीच आन्दोलकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ भने पूर्व राजाको सचिवालयले समेत जवाफ फर्काएको छ । आफ्ना परिवारका सदस्यहरुले सामाजिक सन्जाल नै प्रयोग नगर्ने बारम्बार सचिवालयले प्रष्टिकरण दिइरहेको छ । यसरी हेर्दा एमालेको यो रोषमा आधार भन्दा आक्रोश वढि भएको प्रष्ट हुदाँ आन्दोनकारी थप संयमित हुन जरुरी छ ।