Breaking

रवि–स्वर्णिम सदनमा, पहिलो बैठकमै हंगामा,ठुला दलमाथि कडा रुपमा प्रस्तुत


काठमाडौँ — एकको बदला तीन’ भनेर उपनिर्वाचनमा होमिएको रास्वपाले २ सांसद लिएर संसद भवन प्रवेश गरेको छ । यससँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने या नराख्ने अथवा सरकारमा सहभागीताबारे आम चासो रहेको छ । सपथ प्रहणसँगै रास्वपाका सभापति रवि लामिछानेले यथास्थितिमा नै सरकारलाई समर्थन गर्न नसकिने अभिव्यक्ति दिनुले सत्ता समिकरण नै बदलिने हो कि भन्ने अड्कलबाजी पनि सुरु भएको छ ।

नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको गृहमन्त्री सहित सांसद पद पनि गुमेपछि एकको बदला तीन भन्दै उपनिर्वाचनमा होमिएको रास्वपाले २ सांसद लिएर संसद भवन प्रवेश गरेको छ । ‘एकको बदला तीन’ को नारा सफल बनाउन नसकेपनिसभापति लामिछानेले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई साथमा लिएर पुनः संसद् यात्रा तय गर्न भने सफल भएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने र वाग्लेले शुक्रबार सभामुख देवराज घिमिरेमार्फत शपथ ग्रहण गरेका छन् ।

गत पुस १० मा पहिलो शपथ लिएका रास्वपा सभापति तथा चितवन २ बाटनवनिर्वाचित सांसद लामिछानेले पाँच महिनामा दोस्रो पटक सांसद पदको शपथ लिएका हुन् । पाँच महिना अघि सरकारमा सामेल रास्वपा सभापति पदमुक्त भएसँगै सरकारबाट बाहिरिएको थियो । रास्वपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै छ । स्थिरताका लागि भन्दैसरकारलाई दिएको समर्थन कायमै राखेको भएपनि यसबीचमा गठबन्धन सरकारले गरेको कामको समीक्षा गर्नुपर्ने कारण देखाउँदै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बुझिएको छ ।

नेपाली कांग्रेसबाट विद्रोह गरेर राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका अर्थविद् डा. स्वर्णिम वाग्लेलाई तनहुँ १ का मतदाताले यहि सदनमा अनुमोदन गरेका छन् । पहिलो संसदीय यात्राको अनुभव गर्न पाएका वाग्ले शपथ लिएकै दिन सदनमा आफ्नो भनाई राखे । आर्थिक सुशासन र समृद्धिलाई प्रमुख मुद्धा बनाएका उनले आफु निर्वाचित क्षेत्रलाई नै प्राथमिकतामा राखेर आफ्नो धारणा राखे ।

एक थान सांसद थपेर सदन छिरेको रास्वपा सत्ता यात्रा गर्छ कि प्रतिपक्षमा बसेर जनताका आवाजको प्रतिनिनिधित्व गर्छ, त्यो केही दिनमा नै थाहा होला । तर, फराकिलो मतसहित मन समेत जितेर सदन छिरेकाहरु प्रमुख दलसँगको सामना कसरी गर्ला चासोको विषय बन्ने छ । संसद्को अस्थिर अंक गणित, चौथो दल र सत्ता समीकरणदेखि राष्ट्रले खेप्दै आएको आर्थिक संकटमा नयाँ दलका नयाँ सांसदले खेल्ने भूमिकालाई पनि आम जनताले नजिकबाट नियालिरहेका छन् । रास्वपा र तिनका सांसदमाथि जनताले गरेको भरोसालाई आगामी निर्वाचनसम्म कायम राख्ने कि नराख्ने रास्वपाले सदनमा खेल्ने रणनीतिले नै तय गर्ने छ ।