काठमाडौँ — केन्यामा भगवान् साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ । भोकै बसेका थप १० जनाको शव फेला परेको त्याहाँका अधिकारीहरुले जानकारी दिएका छन् । धर्मप्रति आस्थासँगै विश्वभर त्यससँगै अन्धविश्वास पनि जकडिएर आएको विषय कुनै नौलो होइन । अफशो च अहिलेसम्म कसैले पनि भगवानलाई देखेको छैन । भेटेर कसैले प्रत्यक्ष वार्तालाप गरेको प्रमाण पनि छैन । भगवान भन्ने चिज कुनै वस् तु वा कुनै प्राणी है न कुनै दार्शनिक वा भौ तिक शरीर भएको प्राणी पनि है न । भगवान कुनै दे शको राष्ट्र प्रमुख राजा महाराजा वा धर्मगुरुको रुप है न र कुनै दे शका जनताले भो टिङ गरे र चुने र ओ हो दामा पु¥याएको ने तृत्वकर्ता पनि है न ।
साथै कसै ले चाहे र भो लिका दिनमा भगवानलाई अविश्वासको प्रस् ताव ल्याएर बर्खास् त पनि गर्न सकिदै न । भगवान कुनै निश्चित समयको लागि समय तो के र शासन गनेर् वा सन्दे श फै लाउने र समय पुगे पछि पदमुक्त हुने म्यादी पनि है न न त चन्द्रमा भगवान हुन । न त सूर्य । न त राम, न त बुद्ध । न त कृष्ण, न त ईशू नत मुस्लिम नै भगवान हुन् । ती महापुरुषहरुलाई मानवले भगवान माने र भगवान भएको हो । उनीहरुले संसारका सबै प्राणीहरुलाई र अझ बढी मानव कल्याणकारी मानव हितकारी कामहरु गरे को हुनाले उनीहरुलाई भगवान नामाकरण गरिएको हो ।
जसले सबै प्राणीहरुको हित हुने काम गरे । जसले संसारका कुनै पनि प्राणी वा वस् तुलाई दुःख कष्ट हुन दिएनन् । आपूm मरे र पनि अरुलाई बचाउन काम गरे । कुनै पनि अवस् थामा कमजो र भएको प्राणी दृस्टि विहिन,अपाङ्ग, अशक्त, असहायलाई सहारा दिएर बचाउने काम जसले गरे ती भगवान कहलिए । कुनै वस् तु र व्यक्ति विशे षलाई पनि भगवान मान्ने गरे को हामीले दे खिरहे का छौ ं ।
तर केन्यामा भएको पछिल्लो एउटा घटनाले २१ औँ सताब्दिमा आईपुग्दासमेत धर्म सँगसँगै मानव समाज अन्धविश्वासको दलदलबाट अझै उम्कन नसकेको प्रष्ट पारेको छ । केन्यामा भगवान साक्षात्कार हुने विश्वासमा भोकभोकै बसेका ८३ जनाले ज्यान गुमाएका छन् । बिहिवार मात्रै तीन जना बालबालिकाको शवसहित १० जनाको शव भेटिएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
गुड न्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवानसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ । यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेको छ । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेको छ ।
प्रतिक्रिया