Breaking

रवि पुगेपछि संसदमा हंगामा, कोइरी काण्डले सांसदहरुको उठाउठ, सबै दल एक हुँदा एमाले एक्लै


काठमाडौँ — हत्या अभियुक्त सांसद लक्ष्मी महतो कोइरीका विषयमा संसद विवादित बनेको छ । सत्तापक्ष र प्रतिपक्षबीच यही विषयमा चर्काचर्की भएको छ । संसदमा शुक्रबार निकै पेचिलो सवाल–जवाफ चल्यो । हत्या अभियुक्तएमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदा स्वीकृत गर्न खोजेपछि संसदमा हंगामा भएको हो । रवि लामिछाने गृहमन्त्री हुँदा प्रकाउ गर्न खोजेपछि फरार भएका एमाले सांसद हुन्लक्ष्मी महतो कोइरी ।सशस्त्रका असई थमन विकको हत्या अभियोगमा अदालतबाट थुनामै राखेर अनुसन्धान गर्न आदेश भएपछि उनी फरार भएका थिए । तर फरार अवस्थामै सांसदमा निर्वाचित भएर संसदमा छिर्न सफल भए ।उनी योसहित २१ वटा बैठकमा अनुपस्थित छन् ।

जबकि १० वटा बैठकमा कुनै सांसद अनुपस्थित भए पद नै खारेज हुने व्यवस्था छ ।बिहिबारमात्रै कोइरीले आफु बिरामी भएको पत्र सभामुखलाई पठाएका थिए । शुक्रबार बसेको संसद बैठकमा उनको अनुपस्थितिलाई बिरामीको नाम दिएर अनुमोदित गर्न खोजिएपछि रास्वपा उठेर प्रतिवाद ग¥यो । त्यसपछि सत्तापक्षकै दलहरु उठेर सभामुखमाथि नै प्रश्न उठाए । रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी आलोचना यही विषयमा भएको थियो । तर रविको गृहमन्त्री पद गएसँगै कोइरीको खोजी पनि हुन छोड्यो । त्यसयताका गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत कोइरीको खोजीमा रुचि देखाएनन् ।

रवि गृहमन्त्री हुँदा बारम्बार प्रश्न उठाएको काँग्रेसले आफै सरकारमा पुगेपछि नारायणकाजीलाईप्रश्न गर्न सकेन । फलतः अहिले उपनिर्वाचन जितेर पहिलोपटक संसद छिरेका रविले सुरुमै यही प्रश्न उठाएका छन् । रविले कोइरी बिरामी नभई फरार अभियुक्त भएको टिप्पणी गरे ।फरार अभियुक्तलाई बिरामी करार गर्नु लोकतन्त्रको भद्यामजाक भएको दाबी समेत गरे ।राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् भन्दै एमालेमाथि कटाक्ष गरेका उनले कोइरीलाई पक्राउ गर्न खोज्दा भारतमा लुकेर बसेको र त्यहाँका प्रहरीले नियन्त्रणमा लिएको तस्बीर आफुसँग भएको बताएपछि एमाले प्रतिवादमा उत्रियो ।

कोइरीलाई बचाउन नहुने पक्षमा संसदका अन्य दल पनि खनिए । आफ्ना सांसदमाथि प्रश्न उठेपछि जवाफ दिनुपर्ने एमाले उल्टै बचाउमा उत्रिएको छ । कारबाही नै ठोकेर सांसद पद खोस्नुपर्नेमा एमाले बचाउमा उत्रिदाँ माओवादीको भूमिका पनि सन्तोषजनक छैन । विगतमा अरु गृहमन्त्री हुँदा खिस्सी उडाउने माओवादी अहिले आफ्नै पार्टी सरकार र गृहमन्त्रालयको नेतृत्वमा हुँदा अस्पष्ट जवाफ दिएर रुलिङ खोजिरहेको छ ।सत्तापक्ष–प्रतिपक्षबीच पेचिलो सवाल–जवाफ चलेपछि संसद आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि पनि कोइरीका विषयमा कुनै निर्णय सार्वजनिक भएन् ।