Breaking

संसदमा चर्काचर्की, बैठक ३० मिनेटका लागि स्थगित


काठमाडौँ — प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेकपा एमाले सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ । बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी उपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएको छ । सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म २१ वटा बैठकमा उपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएको थियो । सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेको थियो ।

विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताएको छ । उनले कोइरी बिरामी भएर अनुपस्थित भएका भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गरेको छ। संसद्ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले कोइरी बिरामी नभई फरार अभियुक्त भएको बताएको छ ।

भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनेले बिरामी भन्न नहुने बताए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताए ।