Breaking

संघीय संसदको दुवै सदनका बैठक आज पनि बस्दै


काठमाडौँ – संघीय संसदको दुवै सदनका बैठक आज शुक्रबार पनि बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो ४ः०१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनु हुने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल गर्ने विषय भने आजको कार्यसूचीमा परेको छैन ।

गत बुधबार संवैधानिक विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूचि राखिएकोमा अन्तिम समयमा सो विषय कार्यसूचीबाट हटाइएको थियो ।

संवैधानिक परिषद् सम्बन्धि विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो खुल्न सकेको छैन । विधेयकमा संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्रीलाई बिशेषाधिकारीको बूँदा राखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले आपत्ति जनाउँदै आएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सम्भावित कार्यसूची रहेको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै शुक्रबारसम्मका लागि स्थगित भएको थियो ।