Breaking

ताप्लेजुङमा चट्याङ लागेर बालकको मृत्यु, बुबा र आमा गम्भीर घाइते


काठमाडौँ – ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

गएराति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।