Breaking

राष्ट्रिय सभाको बैठक बस्दै, विषयगत समितिका सदस्य हेरफेर गरिने


काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा सुरू हुनेछ । आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ ।

जसअनुसार आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सदस्यको नाम हेरफेर गर्नेछन् ।

यस्तै आज संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।

हेर्नुहोस् सम्भावित कार्यसूची–