Breaking

रवि माथि छन यस्ता चुनौती,के सिक्ने बाबुरामको ईतिहासबाट ? सत्तामा जाने कि प्रतिपक्षमा बस्ने ?


काठमााडौँ — रवि लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा प्राप्त सफलताले नेपाली राजनीति तरंगित छ । ठुला दलको निद हराम भएको छ भने मतदाता कसैको पेवा नभएको प्रमाणित भएको विश्लेषण सुरु भएको छ । तर परिवर्तनको सम्बाहक र विकल्पको आधार बनेर आएको रास्वपामाथि पनि अहिले अवसरसँगै चुनौतीको चाङ पनि उत्तिकै छ ।
नयाँ नेपालको सपना देखाँउदै दश बर्षे ससस्त्र युद्धको एक पक्षबाट नेतृत्व गरेका डा.बाबुराम भट्टराई पहिलो संविधानसभा निर्वाचनमा म्यान अफ दि ईलेक्सन बने ।

प्रतिशतका हिसावले अझै सम्म तोड्न नसकिएको ८३ प्रतिशत मत प्राप्त गरेका उनमा आशा देख्नेहरु धेरै थिए । हुन पनि प्रधानमन्त्री बन्दा नेपालमै बनेको मुस्ताङ गाडी चढेका उनले अर्थमन्त्री बन्दा लक्ष्यभन्दा बढि राजस्व उठाउन सफल भए । भलै त्यसमा कर तिरे स्रोत देखाउन नपर्ने व्यवस्थाले भूमिका खेलेपनि यसलाई पनि नेपाली जनताले स्वीकारे । त्यस्तै आज पनि उपत्यका चिल्ला र फराकिला सडकमा उनै भट्टराईको नाम कहिकतै जोडिने नै गरेको छ ।

तर नयाँ शक्तिका नाममा वैकल्पिक राजनीतिको सपना देखाउने काम सवैभन्दा पहिले आफूले गरेको उनको दावीकै बीच उनी नेपाली राजनीतिक गर्वमै विलाएकै अवस्थामा छन । जसपा हुँदै नेसपाको नेतृत्वमा पुग्दा उनी अहिले कुन दलमा टासिने हो त्यहि अवसर खोजेर बसिरहेका छन् । यसबीचमा उदाएको विवेकशील र साझा जस्ता पार्टी तथा उनहरुको टुटफुटले देखिएका जुनसुकै नामका दल हुन् उनीहरु पनि अहिले अस्थित्व रक्षाको अवस्थामा छन । यहि ईतिहासको विचमा मतान्तरका हिसावले रेकर्ड राख्दै रास्वपा सभापती रवि लामिछाने ६ महिनाभित्रमै दुई चोटि जन अनुमोदित बने ।

जनताको साना साना मुद्धा उठाँउदै आफूलाई स्थापित गरेका उनी जति घेराबन्दीको प्रयास हुन्छ त्यति नै बलियो बन्दै गएका छन् भने उनीप्रति जनताको आशा र भरोसा पनि कम छैन । जहाँ यहि व्यवस्था मान्ने तर संघियताको प्रदेशलाई स्वीकार नगर्ने रास्वपाले पार्टी बनाउनै बाँकि रहेको तर्क गर्नेहरु पनि छन भने परीक्षणको घडि समेत अब सुरु भएको छ । अर्थात ईतिहास हेर्दा धेरै उद्वेलित रहँदै आएको जनमतले यो पटक रास्वपालाई प्रमाणित गर्ने अवसर दिँदा थुप्रै चुनौती समेत दिएको नेता डा.चन्दा कार्की बताउछिन

अहिले सरकार बाहिर रहेपनि रास्वपा र जनमतले विश्वासको मत कायम नै राखेका छन । तर अहिले नयाँ दल विशेष गरी रास्वपामा देखिएको आकर्षणले उसको भविष्य कस्तो होला भन्ने प्रश्न अगाडि छ । अहिले सर्वसाधारणसँग मौखिक वाचा मात्रै गरेको रास्वपा व्यवहारमा देखाउन सरकारमा जानुपर्छ । सरकारमा गएर मात्रै हुँदैन सरकारको नेतृत्व र सहभागी अन्य दलले उसको एजेन्डालाई हेर्छन् भन्ने कुरामा पनि भर पर्छ । यसको अर्थ सरकारमा गएपनि पुराना भनिएकै दलको दवाव कहिँकतै देखिने प्रष्ट हुदाँ कसरी जनतामा आशा जगाउने काम गर्ने भन्ने मुख्य चुनौतीका रुपमा देखिएको छ ।

यद्यपी यो वुझेका लामिछानेले समर्थन फिर्ता हुनसक्ने अभिव्यक्ति दिईसकेका छन भने केहि राजनीतिक विश्लेषक रविको चिन्ता कसैले गर्न नपर्ने बताउँछन । अहिलेको परिवर्तन जनतामा आएको सचेतताको परिणाम भएको बताउने उनीहरु राम्रो काम गर्न नसके जो सुकै भएपनि अब टिक्न नसक्ने बताँउछन । कुन दल सच्चिएला वा कुन दलले कसरी काम गर्ला भन्ने चासो नै अहिलेको विषय नभएको तर्क गर्ने उनीहरु टिक्न मन भए काम गर्ने काम गर्न नसके किनारा लाग्ने वातावरण सिर्जना हुँदै गएको बताउछन । राजनीतिशास्त्री प्रा.कृष्ण खनाल भने अब रवि जस्ता नेता रास्वपा र जनमत जस्ता पार्टीले पटक–पटक परीक्षा पार गनुपर्ने अवस्थाका रुपमा यसलाई अथ्र्याउँछन ।

यसअघि पनि वैकल्पिक शक्ति दाबी गर्ने दलहरु नआएका होइनन् । तर उनीहरुभन्दा रास्वपाको सुरुवाती नै अस्वभाविक रह्यो भने उपनिर्वाचनले यसलाई अझ प्रमाणित गर्यो । जहाँ उनीहरुको र नयाँ दलहरुवीचको पृष्ठभूमिमै पनि व्यापक भिन्नता देखायो । उनीहरुले राष्ट्रिय राजनीतिमा देखाएको आशा र पुरानाको डरले पनि उत्तिकै काम गर्दा परिणाम देखिने सम्भावना पनि विगतमा भन्दा वढि नै छ । फरक राजनीतिक पृष्ठभूमिबाट आएका उनीहरुले अब देशको मुद्धा वोक्छन या फेरि पुरानै दिन सम्झिन्छन् त्यो हेर्न बाँकी नै छ ।