Breaking

झापामा सत्तापक्षले नै ढुंगामुढा गर्न खोजेको एमालेको आरोप


काठमाडौँ — नेकपा एमाले०का प्रमुख सचेतक पदम गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी झापाको बुधबारेमा आयोजित कार्यक्रममा सत्तापक्षकै कार्यकर्ताहरूले अवाञ्छित गतिविधि गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले पार्टीद्धारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष ओली सहभागी कार्यक्रम बिथोल्ने, ढुंगामुडा गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले मुलुकको शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सत्तापक्षले नै अध्यक्ष ओली सहभागी कार्यक्रममा होहल्ला गर्ने, ढुंगामुडा गर्ने र कार्यक्रम नै बिथोल्ने प्रयास गरेको भन्दै आक्रोश व्यक्त गरे । प्रमुख सचेतक गिरीले मुलुकको शान्ति, समृद्धि र विकासका लागि रचनात्मक ढंगले भूमिका निर्वाह गरिरहेको आफ्नो पार्टीको नेतृत्वमाथि त्यस्ता खालको हर्कत हुन्छ भने एमालेलाई सैह्य नहुने चेतावनी समेत दिए । भोली इलामको जिल्ला परिषदको कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । १५ गते तेह्थुममा कार्यक्रम छ । त्यस्तै १६ गते पाँचथरको कार्यक्रम पश्चात १७ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।