अर्थनीति

तोलामा २ सय रुपैयाँ बढ्यो सुनको मूल्य


काठमाडौँ – सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ९ हजार ७ सय र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो ।

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँ प्रतितोलाले घटेको छ । योसँगै आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ५ सय, तेजाबी सुन १ लाख ९ हजार र चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।