Breaking

मोरङमा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ


काठमाडौँ – मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन् ।

वैशाख ६ गते मिक्लाजुङमा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकालाई ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको हो ।

कक्षा कोठामा कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सम्प्रेषण गरेको जानकारी इलाका प्रहरी कार्यालय उर्लाबारीले पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान समेत थालिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनुभयो ।

पीडित बालिकाको विर्तामाडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।