Breaking

दुई स्थानमा फराकिलो जित निकाल्ने (रास्वपा) को बारामा जमानत जफत


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले चितवन- २ र स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो अन्तरले जित निकान सफल भएका छन् ।

तनहुँ र चितवनमा रवाफिलो जित निकालेको रास्वपाको उम्मेदवार पूर्वडीआईजी रमेश खरेलको बारा- २ मा जमानत जफत भएको छ । सो क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बनेका पूर्वडीआईजी रमेश खरेलको जमानत जफत भएको हो ।

यहाँ कुल ६९ हजार २२ मत खसेकोमा खरेलले १० प्रतिशत पनि मत पाएनन् । बुधबार बिहान सार्वजनिक औपचारिक परिणाममा जसपाका उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी भए। जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ र नेकपा एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउँदा खरेलले ३ हजार मत पनि ल्याउन सकेनन् ।

यहाँ रमेश खरेलले जम्मा २ हजार ८२९ मत मात्रै पाए, जुन कुल मतको ४ दशमलव १४ प्रतिशत हो । १० प्रतिशत मत कटाउन नसकेपछि खरेललको जमानत जफत भएको छ।