Breaking

सुडानमा युद्धविराम बीच पनि विष्फोटका घटना जारी


काठमाडौँ – सुडानमा सोमबार रातिदेखि युद्धविराम लागेको छ।

तर जारी युद्धविराम बीच पनि तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन्। यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन्।

दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका थिए।

युद्ध सुरु भएपछि १० दिनको अवधिमा ४६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। युद्धमा ज्यान गुमाउनेको वास्तविक संख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ। राष्ट्रसंघीय निकायहरूले करिब दुई लाख सुडानी सुरक्षाको खोजीमा छिमेकी मुलुकतर्फ भागेको बताएका छन्।

जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा सुडानी र विदेशीहरू पनि पलायन भएका छन्।