Breaking

मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज


काठमाडौँ – मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् ।
नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैं बनाउँ’ जस्ता अभियान सुरू भएका थिए ।