Breaking

राजनीति नफापेको प्रहरीका दुई पूर्वहाकिम


काठमाडौँ – निजामती सेवामा सफलता प्राप्त गरेका नेपाल प्रहरीक दुई पूर्वहाकिमलाई राजनीतिमा भने सहज देखेको छैन् ।

काठमाडौँमा ५ महिनापहिले एकसाथ पराजित भएका नेपाल प्रहरीका दुई पूर्वहाकिम उपनिर्वाचमा दोस्रो पराजय भोगेका छन् । तर दुवैले गत मंसिरमा भएको निर्वाचनमा भन्दा खराब पराजय बेहोरेका हुन्छ ।

पाँच महिनाअघि काठमाडौँ ६ मा हार व्यहोरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपानिर्वाचनमा दोस्रो पटक तनहुँ क्षेत्र नम्बर १ बाट पराजित भए । खनाल काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भए भने यसपटक पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार स्वर्णिम वाग्लेसँग पराजित भए ।

यसअघि काठमाडौँ क्षेत्र नं १ मा पराजित भएका पूर्वडीआईजी रमेश खरेलले पनि राजनीतिमा लागेको छोटो समयमै दोस्रो पराजय भोगेका छन् । सरकारले सर्वेन्द्र खनाललाई आईजीपी बनाएपछि असन्तुष्टि जनाउँदै डीआईजीबाटै राजीनामा दिएका खरेलको राजनीतिक यात्रा पनि सुखद हुन सकेको छैन ।