Breaking

रविको रेकर्डतोड मतले देउवाको घरझगडा, काँग्रेस–एमाले धक्कामा, माओवादी–समाजवादी पतनतिर !


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सफलताले ठूला दलहरुको मथिङगल हल्लिएको छ । तीन उपनिर्वाचनमध्ये रास्वपाले २ स्थानमा जित निकालेको छ । रविले सर्वाधिक मतका साथ चुनाव जितेका छन् । आखिर कसरी ? मंसिर ४ को निर्वाचनमा रेकर्ड मत बनाएर निर्वाचित रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट रेकर्डतोड मतका साथ विजयी भए । यसअघि रविले सर्वाधिक मतान्तर बनाउँदै ४९ हजार २६१ मतका साथ चुनाव जितेका थिए । जतिबेला रविको मतान्तरमात्रै ३४ हजार १६२ थियो । अहिले विगतको मत बढाएर ५४ हजार १७६ पु¥याउँदा मतान्तरमात्रै ४२ हजार ९६२ छ । निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठभन्दा रविको मत झण्डै पाँच गुणा बढी छ ।

योसँगै रविले मंसिर चारमा आफैले बनाएको सर्वाधिक मतान्तरको रेकर्ड ब्रेक गरेका छन् । तर त्यतिबेला सर्वाधिक मत पाउने उम्मेदवार भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । जतिबेला ओलीको ५२ हजार ३ सय १९ मत थियो । अहिले ओलीकै रेकर्ड तोडेर रविले ५४ हजार बढीको रेकर्डतोड्दै मत ल्याएका छन् । चितवनले ठूला पार्टीलाई चेतावनी दिएको मत रविको बाकसमा खसेपछि उनी पुनः निर्वाचित भएका छन् र आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् ।

तर यो निर्वाचनमा चुनाव हार्छन्, जिते पनि थोरै मतान्तरले मात्रै चुनाव जित्छन् भन्ने विश्लेषण र विपक्षीको आकलनका बीच रविले कसरी अत्याधिक मतका साथ चुनाव जिते त ? किनकि यो बीचमा रवि लामिछानेको राजनीतिक जीवन निकै उत्तारचढावपूर्ण चल्यो । सरकारदेखि अदालतसम्म फसेका रविले निकै कठिन समयको सामना गर्नुप¥यो । नागरिकता मुद्धाले सांसद पद र गृहमन्त्री जस्तो शक्तिशाली पद नै गुमाएका उनले राहदानीको मुद्धा पनि खेप्नु प¥यो ।

उनीमाथि अनेकौं आरोप–प्रत्योराप लागे, तर पनि त्यसले रविकोजित रोक्न सकेन । यहीँ बीचमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको २ करोडको अडियो टेप सार्वजनिक भयो । जसमा रविकै कोर टीमबाट मन्त्री बनाउन घुस मागिएको भन्दै त्यसको प्रहार पनि रविमाथि नै प¥यो । यति हुँदाहुँदै पनि रविले कसरी चुनाव जिते त ? जसले सबैको मथिङगल हल्लाएको छ ।किनकि जनताहरुले पुराना दलको सबै मत रविमाथि खन्याए ।

काँग्रेस दुई ठाउँमा दोस्रो बन्यो । एमाले तीन ठाउँमा तेस्रो बन्यो ।उपनिर्वाचनको मतपरिणामपछि काँग्रेस स्तब्ध छ । सोमबार संसदीय दलको बैठकमा देउवाले पहिलो पटक चिन्ता व्यक्त गरे । ठूलै झट्कामा परेका देउवाले अब सच्चिने बेला आएको बताएका थिए । मंगलबारको बैठकमा पनि देउवाले चौतर्फी रुपमा काँग्रेसमाथि प्रहार भएको बताएका छन् । सामाजिक सञ्जालदेखि सर्वत्र नेपाली काँग्रेसमाथि आक्रमण भएको देउवाको ठम्याई छ ।

तर काँग्रेसभन्दा ठूलो धक्का त अन्य दललाई लाग्दैछ ।माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु अब पतनको बाटोमा अघि बढेका छन् ।कहिले काँग्रेस त, कहिले एमाले समाएर चुनावको वैतर्नी तार्दै आएका माओवादी–समाजवादीले टेक्ने डालो र समाउने हाङगो पाउन मूस्किल पर्नेछ । किनकि गठबन्धन संस्कार काम लाग्दो रहनेछ भन्ने पाठ दुबै निर्वाचनले दिएको छ ।

तर रविको मत त्यसै आएको होइन । रविले जनतामा विश्वास जगाउन सफल भए । अब रविबाट मात्रै सम्भव छ भन्ने चेत जनताको मथिङगलमा घुसाउन सफल भए ।आफुमाथिका कयौं नकारात्मक पाटोलाई पनि सकारात्मक सन्देशका साथ आफ्नो जितमा प्रयोग गर्न सफल भए । फलतः एकको बद्ला तीन भनेपनि दुईसहित २० बाट २१ सिट बनाएर रवि फेरि संसद छिर्दैछन् । रविले हारेको भए रास्वपाको भविष्यमाथि प्रश्न खडा हुन्थ्यो । रविले जिते रास्वपाको भविष्यसमेत सुरक्षित बन्यो । रविको जितसँगै पार्टीको उचाइसमेत बढेको छ ।