काठमाडौँ — सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स ७२ घण्टा युद्ध विराम गर्न सहमत भएका छन् । सोमबार मध्यरातबाट युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले आ–आफ्ना तर्फबाट युद्ध विरामको घोषणा गरेका हुन् । सुडानको राजधानी खार्तुममा वैशाख २ देखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब ४ सय भन्दा बढिको मृत्यु भयो । त्यसमा ३ हजार बढी घाइते छन् । यी दई पक्षको भिडन्तमा लाखौं जनताको घरबार विहिन भएको छ भने ठूलो संख्यामा विदेशीहरू पलायन भएका छन् ।
पछिल्लो समय सेना र अर्धसैनिक वीचको युद्ध ७२ घण्टाको लागि रोकिएको छ । राजधानी खार्तुमा चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दैे एक पक्षीय युद्ध बिरामको घोषणा गरिएको हो । सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । ¥यापिड सपोर्ट फोर्सेस आईएसएफ ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।
सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धतासमेत भएको छ । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएको छ । युद्धमा खार्तुमस्थित इजिप्सेली दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्ताको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका बेला आक्रमणमा परेका थिए ।
खार्तुमका सडकमा ज्यान गुमाएकाहरुको शव यत्रतत्र छरिएका छन् । आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्नु हो भनेको छ । प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ । हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् ।
बम विष्फोटले पानी आपूर्तिका पूर्वाधार क्षत विक्षत भएको छ । सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् । घोषित युद्धविरामले उनीहरूलाई शहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारहरूलाई पनि आ–आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएको छ । आइतबार रातिदेखि सुडानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । देशबाट हजारौँ नागरिक छिमेकी देशमा पलायन भएका छन् भने करिब चार हजार विदेशीले सुडान छाडेका छन् ।
प्रतिक्रिया