Breaking

बारा–२मा शिवचन्द्रले मतान्तरलाई चार हजारमा झारे


काठमााडौँ — बारा–२ को उपचुनावमा उपेन्द्र यादवको अग्रता कायम छ । उनले १८ हजार ४९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १४ हजार १७४ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जसपाका उपेन्द्र यादवसँगको मतान्तर घटाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल भने धेरै पछि परेका छन् ।

उनको पाँच हजार ५९४ हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको जम्मा दुई हजार १९६ मत छ । अहिले गणना भइरहेको वडालाई जसपाले आफ्नो पकड क्षेत्र मान्दै आएको थियो । जसपाले आफ्नो पकड मानेको वडामै उपेन्द्रले कुशवाहभन्दा कम मत पाएका हुन् । यहाँ अहिले रास्वपाका रमेश खरेलले २२ सय ६८ र आमजनता पार्टीका अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् । बारा २ मा ६९ हजार १०७ मत खसेको थियो ।