Breaking

अव्यस्थित तार १५ दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ ।

महानगरपालिकाले मंगलबार बिहान एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम सिर्जना हुन सक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघ संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई संकेत चिह्न लगाउन निर्देशन दिएको छ ।

महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैँले हटाउने जारी सूचनामा उल्लेख गरिएको छ ।